यस्तो दाग देखिए बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ ? यस्ता हुनसक्छन् कारणहरु
कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग-धब्बा देखिन्छ ? यस्तो दागदब्बालाई हाम्रो नेपाली समाजमा बोक्सीले चुसेको (टोकेको) भन्ने गरिन्छ। खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ। तर, यसमा कुनै सत्यता हुँदैन।
यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस्। किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ।
चिकित्सकहरुका अनुसार शरीरमा देखिने निलो दाग हाम्रो स्वास्थ्य अवस्था बिग्रन लानेको अवस्था हो ।
हेर्नुहोस् शरीरमा देखिने निलो दागका ८ कारणहरु :
छालामा चोट
आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ । कहिलेकाँही तपाईंको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ । यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ।
यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ।
खानामा पोषण तत्वको कमि
रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ ।
जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।
क्यान्सर र किमोथेरापीका कारण
तपाईं क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।
औषधी सेवनका कारण
केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।
The post यस्तो दाग देखिए बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ ? यस्ता हुनसक्छन् कारणहरु appeared first on PARIJATMEDIA.
source https://www.parijatmedia.com/archives/8523