जान्नुहोस् कति मुख भएको रुद्राक्ष धारण गर्दा कस्तो फल प्राप्त हुन्छ ?

काठमाडौं, १ भदौ । भगवान शिवको कृपा पाउन रुद्राक्षको धारण गरिन्छ । शिवको आशुद्धारा उत्पती भएको मानिने रुद्राक्षमा रुद्रको अर्थ शिव र अक्षको अर्थ आशु मानिन्छ । भगवान शिवसंग जोडिएको यस पवित्र रुद्राक्ष धारण गर्ने ब्यक्तिको रक्षा स्वयम् भगवान शिलले गर्ने मान्यता रहेको छ । रुद्राक्षको धारणले सम्पुर्ण ग्रहको दोष नास हुने धार्मिक मान्यता छ ।

रुद्राक्षलाई धारण गर्नुपुर्व यसको विधि विधानपुर्वक पुजा गरेर ॐ नमः शिवायको मन्त्र जप गर्नु पर्दछ । बिना मन्त्रको जप रुद्राक्ष धारण गरेमा दो’ष लाग्ने मान्यता रहेको छ । साउनको महिनामा रुद्राक्ष धारण गर्नु अत्यन्त शुभ मानिन्छ । शिवको आर्शिवाद कृपा दिलाउने रुद्राक्षको अलग अलग प्रकार हुने गर्दछ । यसको मुख अनुसार रुद्राक्षको धारणमा अलग अलग लाभ मिल्ने गर्दछ ।

जान्नुहोस् कति मुख भएको रुद्राक्ष धारण गर्दा कस्तो फल प्राप्त हुन्छ :

एक मुखे रुद्राक्ष
एक मु्खे रुद्राक्ष धारण गर्दा सम्पुर्ण पापबाट मुक्ति पाइने तथा सबै कार्यमा सफलता पाउने विश्वास गरिन्छ ।

दुई मुखे रुद्राक्ष
दुई मुखे रुद्राक्ष धारण गर्दा मानसिक शान्ति र व्यापारमा सफलता पाइने विश्वास गरिन्छ ।

तीन मुखे रुद्राक्ष
तीन मुखे रुद्राक्ष धारणले मनुष्यमा आत्मबल बढाउने र धनधान्य बढाउने विश्वास गरिन्छ ।

चार मुखे रुद्राक्ष
चार मुखे रुद्राक्ष मानसिक समस्या, रोग र कष्ट निवारण गर्न धारण गर्नु उपयुक्त मानिन्छ ।

पाँच मुखे रुद्राक्ष
पाँच मुखे रुद्राक्ष यश कीर्ति र सुख बढाउन धारण गरिन्छ ।

छ मुखे रुद्राक्ष
छ मुखे रुद्राक्षको धारण सम्पुर्ण प्रकारका समस्याबाट मुक्ति पाउन र विशेष देवी लक्ष्मीको कृपा पाउन धारण गरिन्छ ।

सप्त मुखे रुद्राक्ष
सात मुखे रुद्राक्ष आयु वृद्धि गर्न अचानक आउने कुनै पनि विपतबाट बच्न धारण गरिन्छ ।

अष्ट मुखे रुद्राक्ष
आठ मुखे रुद्राक्ष न्यायालय सम्बन्धी मामलामा विजय पाउन धारण गर्नु उपयुक्त हुन्छ ।

नौ मुखे रुद्राक्ष
नौ मुखे रुद्राक्ष शत्रुको नाश गर्न र माता दुर्गाको कृपा पाउन धारण गरिन्छ ।

दस मुखे रुद्राक्ष
दश मुखे रुद्राक्ष भूतप्रेत, बाधा र दुर्घटना लगायतका घटनाबाट बच्न धारण गरिन्छ ।

एघार मुखे रुद्राक्ष
एघार मुखे रुद्राक्ष समाजमा प्रतिष्ठा र सम्मान दिलाउन धारण गरिन्छ ।

बाह्र मुखे रुद्राक्ष
बाह्र मुखे रुद्राक्ष सम्पुर्ण मानसिक समस्या, अशान्ति एवम् दरीद्रता नास गर्न धारण गरिन्छ ।

तेह्र मुखे रुद्राक्ष
तेह्र मुखे रुद्राक्ष सम्पुर्ण प्रकारका मनोकामना पुरा गर्न धारण गरिन्छ ।

चौध मुखे रुद्राक्ष
चौध मुखे रुद्राक्ष आत्म र शारीरिक बल वृद्धिका लागी धारण गरिन्छ ।

गौरीशंकर रुद्राक्ष
गौरी शंकर रुद्राक्ष वैवाहिक जीवनलाई सुखमय बनाउन धारण गरिन्छ ।

गणेश रुद्राक्ष
गणेश रुद्राक्ष सम्पुर्ण बाधा नास गर्न र सुख सम्वृद्धि प्राप्त गर्न धारण गरिन्छ ।

यो पनिः जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

The post जान्नुहोस् कति मुख भएको रुद्राक्ष धारण गर्दा कस्तो फल प्राप्त हुन्छ ? appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/9786

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास