राम पनि भारतीय होइनन्, अयोध्या पनि भारतीयको होइन

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको बताएका हुन्।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाइ छ।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं,’ उनले भने, ‘ तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौं हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं। भारतका होइन, अयोध्याकालाई दिएका हौं हामीले। अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन । हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा, बाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी नेपाल आइपुगे भनेर प्रश्न समेत गरे। त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्। थाहा हुन सम्भव थिएन। नजिकै पर्थ्यो सजिलैसँग गए होलान्, तर त्यो इतिहास बहस गरी साध्य छैन।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो शृङ्खलाले निरन्तरता पाउन नसकेको बताए।

The post राम पनि भारतीय होइनन्, अयोध्या पनि भारतीयको होइन appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/7392

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए