ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए

काठमाडौँ, साउन २ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘अधम’ मान्छेले सरकार चलाइरहेको भन्दै प्रमओलीविरुद्ध कडा रुपमा जाइलागेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमममा बोल्दै डा। भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको गम्भिर आरोप लगाएका हुन् ।

नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत् कुनै ठोस कार्यक्रम नल्याएको र सरकारका मुख्य ब्यक्तिहरु नै जे मन लाग्यो त्यही बोल्दै हिँडेको गम्भिर टिप्पणी गरे ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी–व्यवसायी तथा श्रमिकहरु मारमा परेका बेला सरकारले अझै पेलेर ठिक नगरेको उनको तर्क थियो ।

The post ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/7714

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

राम पनि भारतीय होइनन्, अयोध्या पनि भारतीयको होइन