कुन राशिलाई यो हप्ता कति लाभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि

यस राशिको लागि यो हप्ता मध्यम रहनेछ। धन लाभको योग रहेको छ। खान-पानमा विशेष ध्यान राख्नुहोला। व्यापार व्यवसायमा प्रगति हुने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। वैवाहिक जीवनमा केहि खटपट आउनसक्छ। आफन्तजनसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। आफ्नो उदेश्य परिपूर्ति गर्न सफल रहनुहुनेछ।

वृष राशि

अनावश्यक कार्यमा समय बर्बाद हुने सम्भावना छ। पारिवारिक समस्याले सताउन सक्छ। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। कार्यक्षेत्रमा समय अनुकूल रहने देखिदैन। स्वास्थ्यमा समस्या आउनसक्छ, खासगरि कानको समस्या आउनसक्छ। वैवाहिक जीवनमा मनमुटावको अवस्था आउनसक्छ। प्रेम सम्बन्धमा पनि केहि समस्या आउला।

मिथुन राशि

यस राशिको लागि यो हप्ता शुभ रहने देखिन्छ। घर जग्गा तथा वाहन खरिद गर्नको लागि समय उत्तम रहेको छ। दैनिक आवश्यकता पूर्ति हुनेछ। महिला मित्रको सहयोग लाभदायी साबित हुनेछ। साथीहरुको पनि भरपूर सहयोग मिल्ने देखिन्छ। आर्थिक स्थिति मजबूत रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। वैवाहिक जीवन सामान्य रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ।

कर्कट राशि

प्रशासनिक कार्यमा चलिरहेको समस्याबाट राहत मिल्नेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहला। यात्राको योग रहेको छ। आयका स्रोत बढ्नेछन्। खान-पानमा विशेष ध्यान राख्नुहोला। पदोन्नतीको योग रहेको छ। व्यापार व्यवासयमा समय सामान्य रहनेछ। वैवाहिक जीवनमा समस्या आउनसक्छ। प्रेम सम्बन्ध मजबूत रहनेछ।

सिंह राशि

सिंह राशिको लागि यो हप्ता शुभ रहनेछ। यात्राको योग बन्नेछ, जसबाट लाभ मिल्नेछ। आर्थिक स्थिति मजबूत रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। दाँत सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रमा समय शुभ रहने देखिन्छ। व्यापार व्यवसाय क्षेत्रमा प्रगति हुनेछ। वैवाहिक जीवनमा सुमधुरता छाउनेछ। प्रेम सम्बन्धमा पनि प्रगाढता बढ्नेछ।

कन्या राशि

नयाँ कार्य प्रारम्भ गर्नको लागि समय उत्तम रहेको छ। साझेदारीमा काम गर्दा लाभ मिल्ने देखिन्छ। धार्मिक कार्यतिर मन लाग्नेछ। सुचे अनूरुप कार्य सफल नहुँदा मन चिन्तित रहला। शिक्षा क्षेत्रमा नयाँ अवसर मिल्नेछ। आयका स्रोत बढ्नेछन् साथै खर्चमा पनि वृद्धि हुँदा वचत नहोला। व्यापार व्यवसायमा समय शुभ रहने देखिन्छ। वैवाहिक सम्बन्धमा सुधार आउनेछ।

तुला राशि

आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। कुनै नयाँ व्यक्तिको सहयोगले कार्य सफल हुनेछ। घर-जग्गा कारोबारमा समस्या उत्पन्न हुनसक्छ। स्त्री वर्गबाट टाढा नै रहनुहोला। हप्ताको अन्त्यमा आर्थिक समस्याले सताउन सक्छ। स्वास्थ्य भने राम्रो रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। वैवाहिक जीवन सामान्य रहनेछ। प्रेम सम्बन्धमा एक-अर्का प्रति विश्वास बढ्नेछ।

वृश्चिक राशि

यस राशिको लागि यो हप्ता सामान्य रहने देखिन्छ। धनहानि हुने सम्भावना रहेको छ। शत्रुबाट भने सावधान रहनुहोला। खर्चमा वृद्धि हुँदा आर्थिक समस्याले सताउन सक्छ। शारीरिक तथा मानसिक सवास्थ्यमा समस्या आउनसक्छ। व्यापार व्यवासयमा समय अनुकूल रहने देखिदैन। कार्यक्षेत्रमा पनि समय प्रतिकूल रहला। अपेक्षा अनुसार सफलता नमिल्दा मन चिन्तित रहला।

धनु राशि

खर्चमा वृद्धि हुँदा आर्थिक समस्याले सताउन सक्छ। कुनै पनि कार्य गर्नको लागि विलम्ब नगर्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। कार्यक्षेत्रमा समय सोचे जस्तो अनुकूल नरहला। व्यापर व्यवसाय क्षेत्रमा समय सामान्य रहनेछ। वैवाहिक जीवनमा स्थिरता आउनेछ। प्रेमीहरुको लागि समय निकै राम्रो रहेको छ।

मकर राशि

व्यापारमा स्थिति सामान्य रहनेछ। तपाईंको शुभचिन्तकबाट भरपूर सहयोग मिल्नेछ। शारीरिक थकानको महशुस हुनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नाले थकानको अनुभव हुनेछ। आयको हिसाबले यो हप्ता त्यति राम्रो छैन। जीवनसाथीसँग मदभेद हुनसक्छ। वैवाहिक जीवनमा उल्झन आउनसक्छ। साथी-भाईबाट भरपूर सहयोग मिल्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ।

कुम्भ राशि

तपाईंको स्वभावले समाजमा लोकप्रियता बढ्नेछ। कुनै पनि कार्य सुरु गर्नु अघि सोच-बिचार गरेर मात्र अगाडि बढ्नुहोला। यो हप्ता आम्दानी बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, खासगरि आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। व्यापारमा निवेशको लागि यो समय अत्यन्त शुभ रहेको छ। कार्यक्षेत्रमा समस्या आउनसक्छ। वैवाहिक जीवनमा सुमधुरता छाउनेछ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

मीन राशि

घरेलू समस्याबाट राहत मिल्नेछ। कुराकानी गर्ने कुशल शैली मजबूत पक्ष साबित हुनेछ। कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहेको छ। आर्थिक स्थितिमा सुधार आउनेछ। स्वास्थ्यमा भने ध्यान दिन जरूरी छ। व्यापार व्यवसायमा समय शुभ रहेको छ। वैवाहिक जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ।

The post कुन राशिलाई यो हप्ता कति लाभ ? हेर्नुहोस् साप्ताहिक राशिफल ! appeared first on PARIJATMEDIA.



source https://parijatmedia.com/archives/10363

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए