यी हुन् विश्वमै सबैभन्दा लामो कपाल भएकी युवती

विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरी निलांशी पटेल हुन् । सन् २०१८ मा आफ्नो लामो कपालका लागि गिनिज बुकमा नाम लेखाएकी निलांशीले हालै आफ्नै त्यो रेकर्ड तोडेकी छिन् । भारतको गुजराँतमा बस्ने निलांशीको कपाल ६ फिटभन्दा पनि लामो भएको छ ।”

सन् २०१८ मा गिनिज बुकमा नाम लेखाउँदा उनी जम्मा १६ वर्षकी थिइन् र विश्वकै सबैभन्दा लामो कपाल भएकी किशोरीको किर्तिमान कायम गरेकी थिइन् । त्यतिबेला उनको कपाल १७० दशमलब ५ सेन्टिमिटर थियो भने अहिले उनको कपालको लम्बाई १९० सेन्टिमिटर अर्थात् ६.२३ फिट पुगेको छ ।”

उनले ६ वर्षको उमेरमा छोटो बनाएर कपाल काटे यता उनले आफ्नो कपाल काटेकी छैनिन् । आफ्नो कपालका कारण उनले अहिले निकै चर्चा बटुल्न सफल बिनिन् । आफू सेलिब्रेटी नै भएको अनुभुति हुन थालेको उनी बताउछिन् ।”

यो किर्तिमानी कपालको स्याहार गर्न सजिलो छैन । उनलाई कपालको स्याहार गर्न उनकी आमाले पनि सघाउँछिन् । कपाल सफा गर्नका लागि धेरै कस्मेटिकको पनि प्रयोग गर्दिनन् उनी । हप्तामा केवल एकपटक मात्र कपाल धोएर राम्रो सँग तेल लगाउने गर्दछिन् । उनकाे कपालले गर्दा धेरै मान्छे कपाल हेर्न आएकाे पनि बताएकि छिन् ।”

The post यी हुन् विश्वमै सबैभन्दा लामो कपाल भएकी युवती appeared first on PARIJATMEDIA.



source https://parijatmedia.com/archives/10375

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए