मंगलबारको दिन गर्नै नहुने यी ३ काम

आज मंगलबार, हिन्दु बैदिक ज्योतिषशास्त्र अनुसार ग्रहका आधारमा बार र तिथिहरुलाई विभाजन गरिएको हुन्छ ।

शास्त्रका अनुसार मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ ।

मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ । मंगलबारलाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न ३ काम गर्नै नहुने अर्थात बर्जित गरिएको छ ।

यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् ।

माछा, मासु सेवन नगर्नेः

मंगलबारको दिन तपाईले माछा नखाएकै राम्रो हुन्छ । आजको दिन माछा सेवन गर्दा आर्थिक नोक्सा हुन सक्छ भने मंगलबार मासु खाँदा पनि कुटुम्बको क्षय हुन्छ ।

पशु पन्छीको बलि नदिनेः

मंगलबारको दिन पशु बलि दिने कार्यलाई अत्यन्तै खराब मान्ने गरिन्छ । यस दिन काटमार नगरेकै उचित हुन्छ । यदि काटमार गरेको यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ । त्यस्तै मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मान्ने गरिन्छ ।

मदिरा सेवन नगर्नेः

तपाईले मंगलबारको दिन मदिरा सेवन गर्दै आइरहनुभएको छ भने त्यो पनि त्याग्नुपर्छ । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ जसले अपराध समेत बढाउँछ । मंगलबार झगडा गर्दा बेइज्जत हुने विश्वास गरिन्छ ।

The post मंगलबारको दिन गर्नै नहुने यी ३ काम appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10400

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए