न्वारनको भोज आयोजना गर्ने युवकलाई नै कोरो’ना सङ्क्र’मण देखिएपछि…… भोजमा सहभागी पाहुना, आफन्तजन चि’न्तित

बागलुङ, भदौ १६ गते । बागलुङ नगरपालिका–१० गलुवामा न्वारनको भोज खाना गएका एक युवामा को’रोना सङ्क्र’मण पुष्टि भएको छ । भदौ ११ गते स’ङ्क्रमण पुष्टि भएका २३ वर्षीय युवाको क्लोज कन्ट्याक्ट ट्रेसिङ गर्दा २५ वर्षीय युवामा सङ्क्र’मण पहिचान भएको हो । नेपाली सेनाको लमजुङस्थित एक गणमा कार्यरत २३ वर्षीय युवा भदौ ९ गते छोरीको न्वारन गर्न बागलुङ आउनुभएको थियो ।

भोज आयोजना गर्ने युवामा नै सङ्क्र’मण देखिएपछि भोजमा सहभागी ७० जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएको थियो । तीमध्ये एक जनाको को’रोना पोजिटिभ आएको र अन्यको रिपोर्ट प्राप्त नभएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिनुभयो । पहिलो डिभिजनमा परीक्षण भएकाहरूको रिपोर्ट प्राप्त भए पनि दोस्रो र तेस्रो चरणमा परीक्षणको लागि राखिएकाहरूको रिपोर्ट प्राप्त भएको छैन ।

तीन २३ वर्षीय युवाले भदौ ९ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर खसी काटर भोज खुवाउनुभएको थियो । भोजमा सहभागी पाहुना, आफन्तजन लगायतका ७० जनालाई क्लोज कन्ट्याक्टको रुपमा स्वाब सङ्कलन गरिएको थियो । सिनियर अहेव आचार्यका अनुसार सङक्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको थियो । स्वाब दिने केहीमा ज्वरो आउने तथा श्वासप्रश्वासमा स’मस्या हुनुका साथै घाँटी दुख्ने सम’स्या देखिएको थियो ।

बागलुङ नगरपालिका क्षेत्रका १२१ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त नहुँदा मङ्गलबार रातिदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १७ गते राति १२ बजेसम्म कायम रहने गरी दुई दिन निषे’धाज्ञा थप गर्ने निर्णय गरेको छ ।

The post न्वारनको भोज आयोजना गर्ने युवकलाई नै कोरो’ना सङ्क्र’मण देखिएपछि…… भोजमा सहभागी पाहुना, आफन्तजन चि’न्तित appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10403

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए