कोरोनालाई जित्न सफल नर्स सिमरन: कोरोना मु’क्त पछी लेखिन म’न छु’ने स्टाटस

भरतपुर / भरतपुर सेन्ट्रल अस्पताल भरतपुरमा विगत साढे दुई वर्षदेखि काम गर्दै आएकी सिम्रन तिवारीलाई कोरोना संक्रमण पछि स्वास्थ्य लाभको कामना गर्दै थुप्रै प्रशंसक,आफन्तहरुले सन्जाल मार्फत शुभकामना दिए । आखिर आज सिमरन कोरोना मुक्त भएकी छन् ।

कोरोना मु्क्त भएपछि सन्जालमा पोष्ट गर्दै लेखेकी छन् : आज देखि थप म मा उर्जा थपिएको छ्। अब नया जोशका साथ अझ आफ्नो कर्ममा झन शसक्त रुपमा काम गर्ने प्रतिबद्द्ता ब्यक्त गर्दछु। म कत्ति पनि बिचलित भएको छैन म मा आज देखि झन फरक खालको उर्जा थपिएको छ्। आज नया जिबन पाउन सफल भएको छु। म मरेको भए आज सम्म बिर्सिन्थे होला तर बाचेकि छु अब म सारा समाजका लागि अझ नमुना कार्य गर्नेछु।

हेर्नुहोस उहाँको स्टाटस जस्ताको तस्तै: सबैलाइ धन्यवाद ……कोरोना रोगलाइ जित्न सफल भएकि छु ।सर्बप्रथम त मलाइ यस धर्तिमा जन्मदिनुहुने बाबा ममि प्रति आभारि छु। आफ्ना हरेक चाहनालाइ तिलान्जलि दिएर मलाइ यो ठाउ सम्म पुर्याउनुभयो । छोरिलाइ एक नर्सका रुपमा हजारौ बिरामिको सेवा गर्न सक्ने लायकको बनाउनुभयो।

त्यहि आफ्नो कर्ममा आफ्नो जिम्मेवारि कर्तब्य पुरा गर्दा बिरामिको उपचार गर्दा गर्दै कोरोना सन्क्रमित हुन पुगे । १४ दिनको आइशोलेशनको बसाइ पछि आज रिपोर्ट नेगेटिभ आएको छ्। यो समयमा मलाइ उर्जा दिनुहुने मनोबल उचो बनाउन साथ दिनुहुने अस्पताल प्रशासन , डा, नर्स , दाइ दिदि साथि हरु, भाइ बहिनि अन्कल अन्टि आमा बुवा , र बिशेस गरि आफ्नो ज्यानको प्रबाह नगरि हामिलाइ निरन्तर हौशला दिनुहुने डा. शशांक कुमार सिंह लगायत स्वास्थ्यको चासो राख्नुहुने सबै प्रति आभार एवम् नमन ब्यक्त गर्दछु।

फोन मार्फत , सामाजिक सन्जाल मार्फत , हरेक कोणबाट स्वास्थ्य लाभको कामना गर्नुहुने हजुरहरु सबै मेरा लागि रियल भगवान हुनुहुन्छ्। आज देखि थप म मा उर्जा थपिएको छ्। अब नया जोशका साथ अझ आफ्नो कर्ममा झन शसक्त रुपमा काम गर्ने प्रतिबद्द्ता ब्यक्त गर्दछु। म कत्ति पनि बिचलित भएको छैन म मा आज देखि झन फरक खालको उर्जा थपिएको छ्। आज नया जिबन पाउन सफल भएको छु। म मरेको भए आज सम्म बिर्सिन्थे होला तर बाचेकि छु अब म सारा समाजका लागि अझ नमुना कार्य गर्नेछु।

मैले पहिला नै भनेको थिएकि म certificate का लागि मात्र नर्स अध्ययन गरेको होइन बास्तबमै बिरामिहरुलाइ सेवा गर्न सकु र नर्स पेशालाइ अझ मर्यादित सम्मानित पेशाका रुपमा स्थापित गराउन सकु भन्ने हेतुले यो नर्स क्षेत्र अगालेकि हु। अब आगामि दिनमा अझ लगनशिल, मर्यादित भएर हजारौ नागरिकको सेवामा नै आफुलाइ ब्यतित गर्ने प्रण गर्दछु।

The post कोरोनालाई जित्न सफल नर्स सिमरन: कोरोना मु’क्त पछी लेखिन म’न छु’ने स्टाटस appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10443

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए