क्यापटेन मेस्सीले यस कारण बार्सिलोना छोड्ने पक्का

काठमााडौ १६भदौ । बार्सिलोना क्लबका क्यापटेन लियोनल मेस्सीले बार्सिलोना क्लब छोड्ने लगभग पक्का भएको छ ।

३३ वर्षीय मेस्सी आफ्नो इच्छाएको पुर्व प्रशिक्षक पेप्गार्डिओला म्यान्चेटर क्लबमा भएकाले पनि उनले बार्सिलोना छोड्ने पक्का भएको हो । उनको आफ्नो एक वर्ष समय अझै पनि बार्सिलोनामा भएपनि विगत २०१५ देखि बार्सिलोना क्लबमा स्तरिय खेल नहुँदा र गएको खेलमा बायर्न म्युनिखसँग ८ —२ को फराकिलो लज्जास्पद हार बेहोरेका मेस्सीले बार्सिलोना क्लबका प्रेसिडेन्टसँग आफु क्लब छोड्ने जानकारी गराएका हुन् ।

अब आउने चुनावमा बार्सिलोना क्लबका लागि प्रेसिडेन्टमा उम्मेदवार दिने तयारीमा रहेका फ्रेन्सा (freixa)ले पनि मेस्सी अब इङल्यानको म्यान्चेस्टर सिटी क्लबमा जाने अनुमान गरेका छन् । किनभने मेस्सीको मन मिल्ने प्रशिक्षक पेप्गार्डीओला विगत चार वर्ष देखि म्यान्चेस्टर सिटीमा प्रशिक्षक दिदै आएका छन् । मेस्सीलाई पेप्गार्डीओलासँग काम गर्न सहज हुने जानकारी समेत प्राप्त भएको छ ।

The post क्यापटेन मेस्सीले यस कारण बार्सिलोना छोड्ने पक्का appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10420

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए