आज भदौ १७ गते बुधबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मित्रगणसँग भेटघाट गर्ने अवसर मिल्नेछ। सामाजिक कार्यमा तपाईंको उपस्थिति बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहेनछ। खर्चमा वृद्धि हुने देखिन्छ। साथी-भाईबाट लाभ मिल्ने सम्भावना रहेको छ। आकस्मिक धन लाभको योग रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्य सुरु गर्नको लागि समय अनुकूल रहेको छ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ला। व्यावसायिक क्षेत्रमा पनि राम्रो परिणाम मिल्ने देखिन्छ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ। पदोन्नतीको योग रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानसिक स्फूर्तिको कमी महशुस हुनेछ। पेट सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रमा समय अनुकूल नरहला। शत्रुसँग सावधान रहनु पर्ने हुन्छ। सरकारी क्षेत्रमा चुनौतीको सामना गर्नुपर्ला। परिवारमा मदभेदको स्थिति आउनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

खान-पानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। क्रोधलाई नियन्त्रण गर्नुहोला। परिवारमा मनमुटावको स्थिति आउनसक्छ। आर्थिक समस्याले सताउन सक्छ। दुर्घटनाको योग भएकोले सावधान रहनुहोला। मनमा नकारात्मक सोच उत्पन्न होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सामाजिक क्षेत्रमा मान-सम्मानमा आँच आउनसक्छ। जीवनसाथीको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। दाम्पत्य जीवनमा मनमुटावको स्थिति आउनसक्छ। विपरित लिंगीसँगको भेटले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल छैन।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। बिरामी भएका मानिसको स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर सहयोग मिल्नेछ। शत्रु पराजित हुनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्ला। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। मनमा नकारात्मक सोच उत्पन्न हुनेछ। सन्तानको प्रगति हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। परिवारका सदस्य तथा आफन्तजनसँग मनमुटावको अवस्था सिर्जना हुनसक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। घर-जग्गा तथा वाहनको कारोबार गर्दा सावधान रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्य प्रारम्भ गर्नको लागि समय उत्तम रहेको छ। यात्राको योग बन्ने देखिन्छ। धन लाभ मिल्ने सम्भावना छ। सामाजिक मान-सम्मान बढ्नेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। मित्र तथा आफन्तसँग आनन्दमय रूपले समय बित्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

वाणी तथा क्रोधमा संयम राख्नुहोला। परिवारमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउनसक्छ, खासगरि आँखा सम्बन्धि समस्या देखा पर्नसक्छ। विद्यार्थी वर्गको लागि समय उत्तम छैन।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक तथा मानसिक प्रफुल्लताको महशुस हुनेछ। परिवार तथा मित्रसँग आनन्दमय रूपले दिन बित्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। यात्राको योग रहेको छ। आर्थिक रूपले समय लाभदायक रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक आयोजनामा पूँजी निवेश गर्दा सावधान रहनुहोला। धार्मिक कार्यमा खर्च बढ्नेछ। मित्र तथा आफन्तसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। कानुनी चक्करमा नपर्नुहोला। मानसिक तनाब बढ्नेछ। मनमा ग्लानिको भावना उत्पन्न होला।

The post आज भदौ १७ गते बुधबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10457

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए