भारतीय कलाकारद्धय रमन र इसिताको झगडाले लियो उग्र रुप, छैन एकअर्काबिच बोलचाल

एजेन्सी – भारतिय चर्चित टिभी सिरियल ‘ये हैं मोहब्बते’ की चर्चित नायिका हुन् दिव्यांका त्रिपाठी । उनि टिभी सिरियल ‘ये हैं मोहब्बते’बाट नै निकै चर्चमा आएकी हुन् । त्रिपाठी एक टेलीविज़न उद्योगमा काम गर्ने अभिनेत्री समेत रहेकी छिन् । उनले ज़ी टीवीमा ‘न मैं तेरी दुल्हन’ सिरियलमा एक दोहरी भूमिका निभाएकी थिइन ।

दिव्यांकाले भारतीय टेलीविज़न अकादमी द्धारा एक सर्वश्रेष्ठ अभिनेत्री छनोट समेत भएकी थिइन् । उनले सिरियल ‘ये हैं मोहब्बते’मा इशिताको भुमिका निभाएकी थिइन् ।उनको जन्म १४ दिसम्बर १९८४ मा भएको हो । नूतन कॉलेजमा उत्तिर्ण शिक्षा हासिल गरेकी दिव्यांकाले सिरियलबाटनै धेरै पुरस्कार जिति सकेकी छिन् ।

२०१५ मा भोपाल अवार्ड पनि प्राप्त गरी सकेकी उनि टेलीविज़नकी सबै भन्दा लोकप्रिय अभिनेत्रिमा एक पर्दछिन् । दिव्यांका त्रिपाठीले ‘घर घरमा’ ‘कसौटी जिन्दगी’ देखि ‘ये रिश्ता क्या केहेलाता’ जस्ता धेरै सिरियलमा अभिनय गरीसकेकी छिन् ।

सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहदै आएकी छिन् । टिभि सिरियलमा अभिनेता रमन भल्लाकी पत्निको भुमिका निभाएकी उनको रियल लाईफमा भने रमनसंग त्यति राम्रो संम्बन्ध नभएको खबर बाहिर आएको छ । सिरियलमा आदर्श दम्पती बनेका उनिहरु बाहिर समबन्ध भने राम्रो नरहेको भारतिय मिडियाले जनाएको छ । उनिहरुबिच पटक पटक झगडा र दुश्मनी रहेको बताइएको छ ।

The post भारतीय कलाकारद्धय रमन र इसिताको झगडाले लियो उग्र रुप, छैन एकअर्काबिच बोलचाल appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10427

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए