कपाल कर्ली बनाउनको चक्करमा नगर्नुहोस् यी गल्ती

काठमाडौँ । खासगरी युवतीहरु आफ्नो अनुहारका साथसाथै कपालाई पनि सुन्दर र आकर्षित बनाउनका लागी अलग अलग लुक दिन मन पराउँछन् ।

यसमा पनि धेरै युवतीहरु आकर्षित कपालका लागी कर्ली मेशीनको प्रयोग गर्दछन् । जसकारण उनीहरुलाई यूनिक र स्टाइलिश लुक मिल्न सकोस्।

कपालको हेरचाहका दृष्टिले हेर्ने हो भने धेरैजसो महिला कपाललाई आकर्षित बनाई सुन्दर देखिने चक्करमा जानी नजानी कर्ली मेशिनलाई प्रयोग गर्दा कुनै एक न एक गल्ती गरिरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई राम्रो लुक देखिनुको सट्टा कपालको समस्याबाट उल्झनुपर्ने हुन्छ। त्यसैले कपालको स्याहार गर्न निम्न उपायहरु अपनाउनुहोस

– पार्लर गएर आफ्नो कपालको ट्रिटमेन्ट गराउँदा भने राम्रो हेयर स्टाइलिस्टकोमा जानुपर्छ । कपालको ट्रिटमेन्ट गराउनुपर्छ ।

– कपडा अनुसारको हेयर स्टाइल बनाउन सकिन्छ । पहिलो ड्रेस तयार गरेर हेयर स्टाइल ड्रेस अनुसार बनाउँदा राम्रो हुन्छ ।

– सामान्यतः हिजोआज धेरैले कपाल छोड्ने चलन छ । अफिस जाँदा कपाल छाड्दा अथवा माथि लगेर बाँध्दा छिटो र राम्रो हुन्छ ।

– आफूले चाहे अनुसार कपाल तन्काउने र कर्ली बनाउन सकिन्छ । कपाल तन्काउने मेसिन छैन भने राम्रोसँग कोरेर अलिकती बाँध्ने अरु छोड्ने गर्दा पनि राम्रो देखिन्छ ।

– साथै बर्फ बनाएर वा जुरो बनाए पनि आकर्षक देखिन सकिन्छ । कपाल कर्ली बनाउन र तन्काउने मेसिन छैन भने सिलबरको डाडु पन्यू अथवा बाँसको कप्टेरालाई तातो बनाएर कपाललाई तन्काउन कर्ली बनाउन सकिन्छ ।

– कपाल फुस्रो र कडा खालको छ भने अण्डाको पहेँलो भागलाई राम्रोसँग फिटेर कपालमा लगाउन सकिन्छ ।

– कपाललाई राम्रो र स्वस्थ राख्न प्रोटिनयुक्त खाना खानु पर्छ । यसका लागि फलफूल तथा हरियो तरकारी खाने गर्नुपर्छ ।

– पार्लरमा कपाल बनाउँदा कपाल अनुसार क्रिम लगाएर हल्का रुपका मसाज गर्नुपर्छ । कुन क्रिम लगाउने त्यो भने कपाल अनुसार फरक फरक पनि प्रयोग गर्न सकिन्छ ।

– स्याम्पू प्रयोग गर्दा सकेसम्म एउटै गर्नुपर्छ । फरक फरक स्याम्पू प्रयोग गर्नु हुँदैन ।

The post कपाल कर्ली बनाउनको चक्करमा नगर्नुहोस् यी गल्ती appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10446

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए