नेपालमा आज ४ वर्षकी बालिका सहित ११ जनाले कोरोनाका कारण ज्यान गुमाए

काठमाडौं । नेपालमा आज ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । महोत्तरीकी ४ वर्षकी बालिका सहित ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यो सहित देशभर ज्यान गुमाउनेको संख्या २ सय ३९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

त्यस्तै आज देशभर रहेका प्रयोगशालामा १२ हजार ८८ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ४८१ सहित देशभर १०६९ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ७६८ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

The post नेपालमा आज ४ वर्षकी बालिका सहित ११ जनाले कोरोनाका कारण ज्यान गुमाए appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10424

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए