कोभिड अस्पताल प्रमुख पोखरेलले दिइन् राजीनामा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालकी प्रमुख डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छन् । प्रतिष्ठान व्यवस्थापन पक्षले कोभिड अस्पतालमा चाहिने औषधि खरिदमा अनावश्यक दबाब दिएको र कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपंत्तिमा खटिएका चिकित्सकहरुको मनोबल गिराउने काम भएको भन्दै  उनले राजीनामा दिएको जानकारी दिएकी छिन्।

प्रतिष्ठानको कोभिड अस्पतलमा चाहिने औषधि खरिदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले माग फाराम भन्दा अन्य औषधिमा समेत हस्ताक्षर गर्न लगाएको र संक्रमित बिरामीको उपचारमा चाहिने औषधि समयमा उपलब्ध नगराएको भन्दै डा. पोखरेलले राजीनामा दिएको प्रतिष्ठानको कोभिड अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिएका छन ।

डा. पोखरेलले सोमबार प्रतिष्ठानका उपकुलपती डा. गिरीसमक्ष राजीनामा पत्र बुझाएकी छिन् । कोभिड अस्पताल प्रमुख डा. पोखरेलले अस्पताल प्रमुखका रुपमा निर्वाध रुपमा काम गर्ने वातावरण नभएका कारण आफूले राजीनामा दिएको बताएकी छिन् ।

उनले कोभिड १९ को महामारीको समयमा अग्रपंत्तिमा रहेर काम गरिरहेको अवस्थामा अ राजीनामा दिनुपर्ने अवस्था आउनु दुःखद भएको प्रतिक्रिया दिएकी छिन् । उनले अस्पताल प्रमुखबाट मात्र राजीनामा दिएको र बिरामीको उपचारलाई भने निरन्तरता दिइरहने जानकारी दिइन् । उनी प्रतिष्ठानको एनेशथेसिया विभागकी प्रोफेसर हुन् ।

कोभिड अस्पताल प्रमुखको राजीनामासँगै प्रतिष्ठानका उपकूलपति आर्थिक विवादमा मुछिएका छन् । कोभिड अस्पतालमा संक्रमित बिरामीको उपचारमा लाग्ने औषधिलगायतका सामग्री खरिद गर्दा माग फाराममा उल्लेख गरेर खरिद गरिँदै आइएको थियो । तर, व्यवस्थापन पक्षबाट माग फारामभन्दा अन्य औषधि खरिद गरिएको भन्दै माग फाराममा हस्ताक्षर गर्न लगाइ अनावश्यक दवाव दिने गरेको कोभिड अस्पतालका एक चिकित्सकले बताएका छन् ।

प्रतिष्ठानको चिकित्सकहरुको संस्था मेडिकल तथा डेण्टल फेगल्टी वयलफेर सोसायीटीका अध्यक्ष डा. विष्णु पोखरेलले  डा. कृष्णालाई व्यवस्थापन पक्षबाट राजीनामा गर्ने परिस्थिति सिर्जना गर्नु अत्यन्तै गलत भएको बताए । उनले चिकित्सकहरुको मनोबल गिराउने काम नगर्न प्रतिष्ठान व्यवस्थापनसँग आग्रह गरेका छन् ।

प्रतिष्ठानका उपकुलपति गिरीलाई पहिलो लकडाउनको समयमा प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका थिए । डा. पोरखेलको राजीनामा र औषधि खरिदका विषयमा बुझ्न फोन गर्दा उपकुलपती डा. गिरीले फोन उठाएनन् ।

The post कोभिड अस्पताल प्रमुख पोखरेलले दिइन् राजीनामा appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10413

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए